सिके राउतको पार्टीले जित्यो पहिलो मेयर

सिके राउत नेतृत्वको जनमत पार्टीले नगरपालिकाको मेयरमा जित हात पारेको छ।

 

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीका वीरेन्द्र माझी मेयर निर्वाचित भएका हुन्।

उनले जनता समाजवादी पार्टीका शैलेसकुमार साहलाई पराजित गरेका हुन्। माझीले ६४०७ मत पाए भने साहले ६२४६ मत ल्याए।

 

उपमेयर भने जसपाकी सरितादेवी यादवले जित हात पारेकी छन्। उनले ६५१२ मत ल्याएकी छन् भने जनमतकी पार्टीकी रेखादेवी मण्डलले ५९८२ मत पाएकी छन्।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर