गौरिगंगा नगरको पाँच वर्षे प्रगति : ६५ किलोमिटर सडक कालोपत्रे, गर्भवती महिलालाई निः शुल्क एम्बुलेन्स सेवा

कैलाली । कैलाली गौरिगंगा नगरपालिकाका प्रमुख भीम देउवाले आफ्नो पाँच वर्षीय कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

उनले आफ्नो कार्यकालमा गरेका महत्त्वपूर्ण उपलब्धिहरू पत्रकार सम्मेलन गर्दै प्रस्तुत गरेका हुन् । देउवाले भौतिक पूर्वाधार तर्फ पाँच वर्षमा उल्लेखनीय काम भएको दाबी गरे ।

नगरमा ११ वटा वडा कार्यालय निर्माण गरेको, नगर कार्यालय निर्माण अन्तिम चरणमा पुगेको र ५ वटा बहुउद्देश्यीय भवन निर्माण गरेको देउवाले बताए ।

नगरमा ६५ किलोमिटर सडक कालोपत्रे गरेको र मुख्य सडकमा ग्राभेल गरेको उनले बताए ।

 

नगरको मुख्य बजारमा सौर्य बत्ती जडान

 

गरिएको,सिचाइको लागि ५९२ बोरिङ निर्माण गरेको, नदी नियन्त्रणको लागि ३६ किलोमिटर तटबन्ध गरेको, खानेपानी निर्माण सञ्चालन र धारा व्यवस्थापन गरिएको बताए ।

शिक्षा तर्फ कक्षा १० सम्म निःशुल्क शिक्षाको व्यवस्था, छात्राहरूलाई निःशुल्क स्यानेटरी प्याड वितरण लगायतका कार्यक्रम प्रभावकारी रहेको बताए ।

 

उनले नेपालमै पहिलो पटक स्वास्थ्य महोत्सव सञ्चालन गरेर नगरको नाम राखेको, स्वास्थ्य सुरक्षा कोषको स्थापना गरेको, गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिएको, पूर्ण खोप नगरपालिका घोषणा गरेको समेत बताए ।

नगरप्रमुख देउवाले कृषि तथा आर्थिक विकासमा पाँच वर्षमा धेरै उदाहरणीय काम भएको समेत बताए। विपद् तथा फोहर मैला व्यवस्थापन, सेवा प्रवाह र सुशासन, पर्यटन विकासमा पनि कयौँ कामहरू भएको उनको दाबी छ ।

 

नगरप्रमुख देउवाले दुई दशक पछि जनप्रतिनिधि भएर आउँदा विभिन्न समस्याहरू रहेको भन्दै क्रमिक रूपमा ती समस्याहरू हल भएको समेत बताए ।

आफूहरूले नगरपालिकामा जग बसाइदिएको भन्दै उनले अब आउने नगरप्रमुखले त्यसलाई निरन्तरता दिए समृद्ध नगर बन्ने विश्वास व्यक्त गरेका थिए ।

 

देउवा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका थिए । उनको भोलि कार्यकाल सकिँदै छ ।

उनीसँगै पराजित भएका माओवादी केन्द्रका उम्मेदवार देवीदत्त कँडेल अहिले नगर प्रमुखको दौडमा छन् ।

 

उनी नगरप्रमुख बन्ने करिब करिब निश्चित जस्तै भइसकेको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर