प्रधानमन्त्री देउवा मोदीका सामु निदाएको रावलको आरोप

मुख्य विपक्षी दल नेकपा एमालेका सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका अवसरमा सँगै बसेर निदाएको आरोप लगाएका छन्।

 

बिहीबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/८० को बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्ने क्रममा रावलले रोस्ट्रममा उभिएर उक्त आरोप लगाएका हुन्।

प्रतिनिधिसभामा बोल्दै रावलले भने, ‘बुद्धजयन्तीका अवसरमा भारतीय प्रधानमन्त्रीको छेउमा बसिरहेका बेला निदाउने र छटपट गर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वमा रहेको सरकारसँग कुनै दृष्टिकोण रहेको पाइएन।’

रावलले प्रधानमन्त्री देउवा मोदीका सामु उँघेको आरोप लगाउँदै यस्ता प्रधानमन्त्रीबाट वास्तविक समस्या समाधान नहुने बताए।

 

उनले भने, ‘देशका लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता जस्ता भू-भागमा भारतीय अतिक्रमण भइरहेका बेला भारतीय प्रधानमन्त्रीसँग ठोस वार्ता गर्नुको साटो छेउमा बसेर उँघ्ने प्रधानमन्त्री रहेको वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध र साझेदारीको मात्र चर्चा गरेर वास्तविक समस्याको समाधानबाट भाग्न खोजेको देखिन्छ।’

बुद्ध जयन्तीका अवसरमा यसै साताको सोमबार भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आएका थिए।

थिए। दुवै प्रधानमन्त्री त्यहाँ आयोजित प्रार्थना सभामा सहभागी भएर भुइँमा बिछ्याइएका चकटीमा सँगै बसेका थिए।

 

मोदी करिब छ घण्टा लुम्बिनीमा बिताएर स्वदेश फर्केका थिए।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर