मनोज पाण्डेलाई २ कसुरमा ५ दिन थुनामा राख्न अनुमति

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।

सुन्दरी प्रतियोगिताको आडमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै यसअघि भिडियो सार्वजनिक गरेकी किशोरीले सोमबार जाहेरी दिएपछि अनुसन्धान अगाडि बढेको हो।

पहिलोपटक जिल्ला अदालतले ५ दिनको म्याद दिएको उपत्यका अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले जानकारी दिए। यसअघि आइतबार पनि एक नाबालिगले आफूमाथि पाण्डेले यौन दुर्व्यवहार गरेको भन्दै काठमाडौं परिसरमा जाहेरी दिएकी थिइन्।

यसअघि भिडियो सार्वजनिक गर्ने किशोरीले भने मानव बेचबिखनको कसुरमा जाहेरी ल्याएको एसएसपी कुँवरले बताए।

 

‘अदालतले ५ दिन म्याद दिएको छ। अब दुवै कसुरमा एकसाथ अनुसन्धान हुन्छ’, कुँवरले भने।

मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐनअनुसार अदालतले म्याद लिनुपहिले पीडितलाई अदालतमै उपस्थित गराएर बयान गराइएको थियो।

 

ऐनमा पीडित आफैंले उजुरी दिएमा प्रहरीले मयान गराई त्यस्तो बयान प्रमाणित गराउनका लागि तत्काल जिल्ला अदालतमा उपस्थित गराउनु पर्ने व्यवस्था छ।

 

प्रहरीले गराएको बयान जिल्ला अदालतमा पढेर पीडितलाई सुनाइन्छ। र उनले भनेअनुसार नै रहे नरहेको वा फरक परे के कति फरक परेको सोही अनुसार अदालतले उल्लेख गरी प्रमाणित गर्छ।

 

यसरी मयान प्रमाणित भइसकेपछि मुद्दाको सुनुवाईको सिलसिलामा अदालतमा उपस्थित नभए पनि अदालतले प्रमाणका रुपमा लिन सक्नेछ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर