गेटा मेडिकल कलेज सञ्चालनबारे अन्योलता हट्यो, शिक्षा मन्त्रालय मातहतमा रहने

सुदूरपश्चिम प्रदेशको राष्ट्रिय गौरवको आयोजना रहेको गेटा मेडिकल कलेज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत सञ्चालनमा ल्याइने भएको छ । भौतिक संरचना अन्तिम चरणमा रहेको सो मेडिकल कलेजको प्रारुपबारे टुङ्गो लाग्दा सञ्चालनमा अन्यौलता रहेको थियो ।

आइतबार संघिय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमा अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम विश्वविद्यालय मातहत रहने गरी मेडिकल कलेज सञ्चालनमा ल्याइने बताएसँगै अब कलेज सो मन्त्रालय मातहत रहने भएको हो । ‘सेती र महाकाली प्रादेशिक अस्पतालको समन्वयमा सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गरिने छ’ मन्त्री शर्माले भने । स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका विज्ञहरुले भने गेटालाई प्रतिष्ठान बनाई अघि बढाउनुपर्ने भन्दै माग गर्दै आएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लगानीमा भौतिक संरचना बनेकाले सो मन्त्रालयले आफनै मातहतमा रहनुपर्ने दबाब दिँदै आएको थियो । स्वास्थय तथा जनसंख्या मन्त्रालयले भने गेटा आफनो मातहत हुनुपर्ने दबाब दिँदै आएको थियो ।

गेटालाई मेडिकल कलेज बनाउने वा प्रतिष्ठान बनाउने भन्ने विषयको टुङ्गो नलाग्दा लामो समयदेखि सञ्चालनमा आउन सकेको थिएन । गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका पूर्व कार्यकारी निर्देशक डाक्टर भीमसिंह टिंकरीले स्वास्थ्य विज्ञान प्रतिष्ठान नै उपयुक्त हुने बताउँदै आएका छन् । ‘मेडिकल कलेज नै भए अस्पताल सञ्चालन भएको तीन वर्षपछि मात्रै कलेजको पढाई सुरु गर्न पाइने मापदण्ड रहेको छ,’ उनले भने– ‘अन्य विश्व विद्यालयको सम्वन्धन लिनुपर्ने बाध्यकारी नियम छ । तर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालन भए कलेज र अस्पतालसँगै सुरु गर्न सकिने र आफैँमा स्वायत्त हुने भएकाले सुदूरपश्चिमका लागि उपयुक्त हुने छ ।’  २०७३/०७४ सालबाट गेटामा कलेज निर्माण थालिएको गेटा मेडिकल कलेजको निर्माणका महत्वपूर्ण कामहरु सकिएको कलेज पूर्वाधार निर्माण विकास समितिका निर्देशक हेमराज पुजाराले बताए

उनका अनुसार चालू आर्थिक वर्षको भौतिक प्रगति पनि ६० प्रतिशत पूरा भएको छ । ‘पूर्ण आयोजनाको ९० प्रतिशत भौतिक प्रगति भएको हो,’ उनले भने । अस्पताल र मेडिकल शिक्षा अध्ययनका लागि निर्माण थालिएको मेडिकल कलेजको पूर्वाधार निर्माणको काम लगभग पूरा हुन लागेको उनले बताए । संघीय शिक्षा मन्त्रालयले निर्माण थालेको कलेजको प्रशासनिक भवन, कलेज भवन, छात्रावासस लगायतको संरचनाहरूको निर्माणको काम सकिएको छ ।

चालू आर्थिक वर्षमा मेडिकल कलेज पूर्वाधार विकास समितिले थप छात्रावासका भवनहरु निर्माणको काम थालेको छ । ६ वटा छात्रावास भवनको निर्माणको काम पूरा हुने दाबी गरिएको छ । ‘आगामी आर्थिक वर्षबाट मेडिकल कलेज भित्रका सडक कालोपत्रेका लागि ठेक्का सम्झौताको तयारी थालिएको छ,’ पुजाराले भने, ‘६ सय शैय्या क्षमताका २ वटा अस्पताल भवन निर्माणको काम सकिएको छ । अन्य २७ वटा भौतिक संरचना निर्माणको काम सकिएको छ ।’

गेटा मेडिकल कलेजमा भवनहरू बने पनि खानेपानी, अक्सिजन प्लान्ट, फोहोरमैला व्यवस्थापन, ढलपानी निकास, विद्युतको सव स्टेसन निर्माण लगायतको काम भने बाँकी छ । भित्रि क्षेत्रमा सडक कालोपत्रेका लागि पनि ठेक्का गरिएको छैन । मेडिकल कलेज सञ्चालनको प्रारुप पनि टुंगो नलागेको पुजाराले बताए ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर