वामपन्थी आन्दोलनका मूल नेताहरू नै वाम एकताको पक्षमा छैनन् : झलनाथ

नेकपा (एकीकृत समाजवादी)मा सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मुल नेताहरु नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वरस्थित संसद भवन पुगेका सम्मानित नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वाम एकता मुलुकको आवश्यकता भएको पनि बताए।

वाम एकता आवश्यक भएपनि वामपन्थी आन्दोलनका मूल नेता भन्नेहरु नै एकताको पक्षमा नरहेको उनको गुनासो थियो। खनालले नेताहरुले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझेसम्म एकता सम्भव नहुने स्पष्ट पारे।

उनले भने, ‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो। तर वामपन्थी आन्दोलनका आफूलाई मुल भन्ने नेताहरु जुन छन् नि ति नेताहरु एकताको पक्षमा छैनन्। त्यसकारणले नेताहरुले एकताको आवश्यकता किन हो? यसको ऐतिहासिकता के हो? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेलासम्म वामपन्थी एकता सम्भव नै हुँदैन।’

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै खनालले बजेटमाथि छलफल भइरहेको बेलामा सांसदहरुको न्यून उपस्थिति हुनु राम्रो नभएको बताए। संसदलाई उपेक्षा गरेमा नराम्रा परिणामहरू आउने उनले बताए।

उनले भने, ‘यो राजनीतिक पार्टीहरुले र स्वयम् सांसदहरुले संसदलाई कसरी हेर्नुहुन्छ, त्यसको महत्वलाई कसरी बुझ्नुहुन्छ, त्यहाँ हुने बहस, छलफल र आफैँले पनि त्यसमा सहभागी हुने कुराको महत्वलाई कत्तिको गम्भिरतापूर्वक लिनुहुन्छ भन्ने कुरा माथि पनि निर्भर गर्छ। यसरी संसदप्रति उपेक्षा गरिनु राम्रो होइन। उपेक्षा गर्दै गयो भने यसले धेरै नराम्रा परिणामहरू ल्याउन सक्छ।’

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर