जुवा-तास खेलेको आरोपमा धनगढीबाट पाँच जना पक्राउ

कैलालीमा जुवा-तास खेलेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

शनिबार दिउँसो साढे २ बजे धनगढी उपमहानगरपालिका-१ स्थित बसन्तटोल बस्ने ४० वर्षीय दिपु श्रीमालको घरबाट पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।

उनको घरमा जुवा-तास खेलिरहेको भन्ने सूचनाको पाएपछि प्रहरीको टोली खटिएको थियो। उनीहरूबाट ८६ हजार नगद र पाँच गड्डी तास बरामद गरेको थियो।

पक्राउ पर्नेमा डोटी दिपायल सिलगढी नगरपालिका-६ घर भई धनगढी-३ बस्ने ६२ वर्षीय तेजबहादुर बोगटी, धनगढी-१ बस्ने ४८ वर्षीय धनबहादुर खड्का, ३० वर्षीय रमेश श्रीमाल, २५ वर्षीय रामकृष्ण राना र ३० वर्षीय शान्तराम चौधरी छन्।

 

प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर