काठमाडौंमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौंमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका-१५ अन्‍नपूर्ण चोकमा गएराति टिपरले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

बा.२ क ७२९३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०१७ प ०९६८ नम्बरको मोटरसाइकललाई ठक्‍कर दिएको हो।

जसबाट मोटरसाइकल चालक सिन्धुली कमलामाई नगरपालिका-३ घर भई हाल काठमाडौं कंलकी बस्ने ४२ वर्षीय फडिन्द्रबहादुर कार्कीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर