काठमाडौंको मित्रनगरबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

काठमाडौंबाट कटुवा पेस्तोल र गोलीसहित ‍दुई जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित क्याफेबाट १ थान कटुवा पेस्तोल र १ थान गोलीसहित दुई जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघाट नगरपालिका-१४ घर भएका ३० वर्षीय राजु विक र बाँके खजुरा गाउँपालिका-१ घर भएकी २१ वर्षीया अस्मिता विक छन्।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले क्याफेमा खानतलासी गर्दा उनीहरूलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो।

प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर