निर्माणाधीन झोरूङ खोला पुलमा बाढीले पुर्‍यायो क्षति

दोलखाको बिगु गाउँपालिका वडा नम्बर ४ मा निर्माणाधीन पुलमा बाढीले क्षति पुर्‍याएको छ।

बाढीले गर्दा पुलमुनिको ग्याबिन भासिएको छ। ग्याबिनमा राखिएका टेका पनि ढलेपछि ढलान गर्ने तयारी गरिएको पुलको फर्मा भाँचिएका छन्।

पुलमा छड बाँध्ने काम भइरहेको थियो। शुक्रबार रातिको बाढीले पुलका केही सामान र संरचना पनि बगाएको छ।

यो पुल सिँगटी हाइड्रो र बिगु गाउँपालिकाको संयुक्त लगानीमा निर्माणाधीन थियो। हाइड्रोले ८० र गाउँपालिकाले २० प्रतिशत बजेट लगानी गरेका थिए।

यो पुल निर्माणको जिम्मा त्रिवेणी शेर्पा लाहा जेभीले पाएको थियो। २५ मिटर लामो यो पुल दुई करोड १६ लाख बजेटमा निर्माण गर्न ठेक्का लागेको थियो।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर