ग्रामीण विद्युत सहकारीमा वाम गठबन्धन विजयी

मसुरिया, १२ असार । कैलालीको गौरीगंगा नगरपालिका वडा नं ८ को शिवगणेश ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमितिको लागि भएको निर्वाचनमा नवराज सापकोटाको प्यानल विजयी भएको छ ।
शनिबार भएको निर्वाचनमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको संयुक्त प्यानलका उम्मेदवार निकटतम प्रतिद्वन्द्वी शिव प्रसाद चौधरीले ५२९ मत प्राप्त गर्दा  वाम गठबन्धन माओवादी, एमाले र समाजवादीका साझा उम्मेदवार रहेका सापकोटाले ६५२ मत प्राप्त गर्दै १२३ मतको अन्तरले विजयी भएका हुन् । उपाध्यक्ष  फिरीराम चौधरी ६३५ मतले विजयी हुँदा जानकी देवी चन्दले ५१२ मत प्राप्त गरिन् । सचिवमा कमल जनाला ६१४ मतले विजयी हुँदा वेदप्रसाद चौधरीले ५३० मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा कृष्ण विश्वकर्मा ६१९ मतले विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तिर्थ कुरमालले ५१९ मत प्राप्त गरेका थिए । सदस्यहरुमा क्रमशः सापकोटा प्यानलका मिना बोहराm टेक विक, नारायण बस्नेत, बसन्ती चौधरी र  दलबहादुर कामी विजयी भएका छन् ।
सहकारी संस्थाको स्थापना कालदेखि व्यवस्थापनको रुपमा कार्यरत रहेका सापकोटाले २०७८ साल असार २० गते राजिनामा दिएर बसेका थिए ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर