यूनियन लाइफ इन्स्योरेन्स द्धारा मृत्यु दाबी भुक्तानी

अत्रिदेव खबर÷९चैत
सुखड ः यूनियन लाइफ इन्स्योेरेन्स कम्पनीले सोमबार एकजनालाई मृत्युदाबी रकम भुक्तानी गरेको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा फागुन १७ गते मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका घोडाघोडी नगरपालिका–९ का मनोज बुढाको मृत्यु दाबी घरमै पुगी बुझाइएको हो ।
यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुखड शाखाबाट ५ लाखको बार्षिक अग्रिम भुक्तानी बिमा गरेका मनोजको मृत्यु पश्चात योजना मार्फत रकम १० लाख ७५ हजार सोमबार निजकै घरमा पुगी बुवा गगनबहादुर बुढालाइ कम्पनीका प्रदेश प्रमुख चन्द्र बहादुर बोहरा प्रदेश उपप्रमुख दोबन रावल तथा शाखाप्रमुख राम प्रसाद चौधरी तथा सरस्वती मा. बि. का प्रधानाध्यापक अमर रावतले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।

चेक हस्तान्तरण कार्यक्रमपछि बोल्दै सरस्वतीमा. बि. का प्रधानाध्यापक अमर रावतले बिमा मानिसको लागी अनिवार्य भएको धारणा ब्यक्त गरे र यसरी पहिलो पटक यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले गाउमै आएर मृत्यु दावी भुक्तानीको चेक हस्तान्तरण गरेकोमा खुशी ब्यक्त गर्नुका साथै छिटो छरितो सेवा दिएकोमा कम्पनी तथा कर्मचारीहरुलाई हृदय देखि नै धन्यवाद दिए । यसै गरि कम्पनीका प्रदेश नं. ७ का प्रदेश प्रमुख चन्द्र बहादुर बोहराले पनि बिमाको महत्वबारे प्रकास पारेको कार्यक्रमको प्रस्तुतीकरण प्रदेश नं. ७ का उपप्रदेश प्रमुख दोबन बहादुर रावलले गरेका थिए ।

 

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर