चैत १४ मा कैलालीको  धनगढीमा हुने रास्ट्रीय युवा संघको बृहत् जिल्ला भेलाको तयारी पूरा

अत्रीदेव खबर/१३चैत
सुखड: सर्वोच्चको फैसलापछि पुरानै ठाउँमा फर्किएको नेकपा एमालेको भातृ सँगठन राष्ट्रिय युवा सँघ नेपालको चैत १४ गते धनगढीमा हुने  बृहत् जिल्ला भेलाको तयारी पूरा भएको छ ।

शुक्रबार राष्ट्रिय युवा सँघ नेपाल जिल्ला कमिटी कैलालीले जिल्लाको घोडाघोडी नगरपालीका १ सुखडमा गरेको पत्रकार सम्मेलन मार्फत युवा सँघको जिल्ला भेला धनगढीको ओमप्यालेसमा हुने जानकारी गराइएको हो ।शनिबार हुन गइरहेको भेलालाइ नेकपा एमाले सुदुरपश्चिम प्रदेस इन्चार्ज एवम् वर्तमान सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रि लेखराज भट्ट र पुर्व मन्त्रि तथा राष्ट्रिय युवा सँगठन नेपाल इन्चार्ज महेस बस्नेतले सम्बोधन गर्ने जनाइएको छ ।
भेलाको लागि सम्पुर्ण तयारी पुरा भइसकेको तथा भेलामा जिल्लाका १० हजार युवाको सहभागिता रहने राष्ट्रिय युवा सँघ नेपाल कैलालीका जिल्ला अध्यक्ष गणेश महराले पत्रकार सम्मेलन मार्फत जानकारि गराएका छन । भेला शुरुहुनु अघि अत्तरीया देखी ५ हजार मोटरसाइकल सहितको ¥याली निकालीने पत्रकार सम्मेलन मार्फत जानकारि गराइएको छ ।
कोरोनाको जोखिम लाइ मध्यनजर गर्दै स्थानिय प्रशाशनले आंशिक निषेधाज्ञा जारी गरेका बेला आयोजना गरीएको कार्यक्रममा सँक्रमण फैलिन सक्ने खतरा रहँदैन ? भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष महराले त्यसको लागि आफुहरु सचेत रहेदै वडा बाट नै स्वयम सेवक टिम बनाएको जानकारी गराए । अध्यक्ष महराले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन स्वयम सेवकले भुमिका खेल्ने तथा कार्यक्रम स्थलमा सेनिटाइजर मास्क लगायतको व्यवस्था रहने पनि जानकारी गराएका छन ।

भेलाबाट वडा स्तरबाट नै प्रतिनिधितव रहने गरि जिल्ला कमिटीको घोषण गरिने कार्यक्रम रहेको जनाइएको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर