नेकपा माओबादी केन्द्रले घोडाघोडीमा पार्टी कार्यलय स्थापना गर्यो

अत्रीदेव खबर/चैत्र २२ सुखड– कैलालीको  घोडाघोडी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी नेकपा (माओवादी केन्द्र) को कार्यालय स्थापना गरिएको छ ।  सर्वोच्च अदालतको निर्णयपछि आफ्नै घर फर्किएको जनाउदै नेकपा (माओवादी केन्द्र) घोडाघोडी नगर कमिटीले  शनिवार पार्टी कार्यालय स्थापना गरेको हो ।

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा  विभिन्न नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । पूर्व एमाले र माओवादी बिच भएको एकतापछि भत्किएका पार्टी कार्यलयहरु धमाधम पुनः स्थापना भैरहेका छन् । सर्वोच्च अदालतको निर्णयपछि पूर्व एमाले र पूर्व माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरू आ आफ्नै पार्टीमा फर्किएर पार्टी कार्यालय स्थापना गर्न तल्लीन रहेका हुन ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर