आइफोन १३ सेप्टेम्बर १४ मा सार्वजनिक गर्ने एप्पलको तयारी

एप्पलले बहुप्रतिक्षित आइफोन–१३ अर्को महिना सार्वजनिक गर्ने तयारी गरेको छ । पछिल्लो रिपोर्टअनुसार अमेरिकी मल्टिनेसनल कम्पनीले आफ्नो सर्वाधिक चर्चित र सफल ग्याजेटको नयाँ मोडेल आगामी सेप्टेम्बर १४ मा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

आइफोनको नयाँ मोडलका लागि प्रि–बुकिङ सेप्टेम्बर १७ देखि सुरु गरिने छ भने सेप्टेम्बर २४ देखि बजारमा पठाउने कम्पनीको तयारी छ ।
गिज्मोचाइनाले शुक्रबार जारी गरेको रिपोर्टअनुसार एप्पपलका आइफोन १३ चिनियाँ ई–कमर्स वेबसाइटहरूमा सूचीकृत भइसकेका छन् ।

एप्पपले आइफोन १३ मा चार वटा नयाँ मोडेल सार्वजनिक गर्ने अनुमान गरिएको छ । यसमा ५।४ इञ्चको आइफोन १३ मिनी, ६।१ इञ्चको आइफोन १३, ६।१ इञ्चको आइफोन १३ प्रो र ६।७ इञ्चको आइफोन १३ प्रो म्याक्स हुन सक्ने बताइएको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर