पीडाभित्र लुकेको पत्रकारको जीवन!

एक जना छिमेकी दिदी हुनुहुन्थ्यो। उहाँले स्नातक तह पास गरेर लोक सेवाको तयारीमा हुनुहुन्थ्यो। म र उहाँ प्रायः जसो सँगै हुन्थ्यौं। उहाँले मलाई धेरै माया गर्नुहुन्थ्यो र मैले पनि।

हामी दुबैको उमेर समूह नमिले पनि मन भने औधी मिल्ने गर्थ्यो। प्रायः जसो मानिसहरूले आफ्नै उमेर समूहकालाई साथी बनाउँछन्। हामी दुबै जना अलि फरक थियौं।

उहाँले स्नातक तह पास गर्ने समयमा म कक्षा १२ मा थिएँ। गाउँमा छँदा मेरो मिल्ने साथी दिदी, जे भने पनि उहाँ नै हो।

हामी दुबै जना आफ्नो कलेज बिदाको समयमा गोठालो जाने गर्थ्यौं। गाई गोरु बाख्रासँगसँगै हामीहरू किताब पनि लिएर जान्थ्यौं, पूजा (नाम परिवर्तन ) दिदीले आफ्नो विषयवस्तु सँगका किताब बोकेर लानु हुन्थ्यो भने मैले मेरो विषयवस्तुका

मलाई सामान्य ज्ञान पढ्न खुब मन पर्थ्यो र दिदी लोक सेवाको तयारीमा भएकाले प्राय: जसो सामान्य ज्ञान नै लगेर जानुहुन्थ्यो।
ती दिन सम्झिँदा आज आँखाबाट टिलिप्प आँसु आउँछन्। अहिले त ती दिदी कता म कता आफ्नो आफ्नो संसारभित्रै हराएका छौं। भेटघाट हुनु त परको कुरा हो एक कल फन गर्न समेत भ्याउँदैनौं।

मान्छे आफ्नै समयसँगै हराउँदो रहेछ। कति सुन्दर प्रकृति थियो गाउँबेसीमा, चारैतिर हरियाली, रंगीचंगी फूल आफ्नो समय अनुसार बनै भरी फुलिरहन्थे, कानमा गुन्जिने कोइलीको सुमधुर स्वर त्यसैगरी सदाबहार बगिरहने पानीको कलकल आवाज वाह..वाह.. प्रकृतिको सुन्दरता। म शब्दले कसरी वर्णन गरूँ ?

हामी दुबै जना त्यसै प्रकृतिसँग रमाउँदै गोठालोको समय बिताउँथ्यौं। एक हातमा कापी, किताब कलम र अर्को हातमा हँसिया हुन्थ्यो। हामीहरू घर आउने बेला गोठमा ओछ्याउनका लागि सोत्तर काट्न हँसिया लिएर जान्थ्यौं। जे जस्तो भए पनि रमाइलो हुन्थ्यो।

दुबै जना बिहानको नास्ता खाएर गाई, गोरु, बाख्रा लिएर जंगलतिर जान्थ्यौं। जंगल जाँदै गर्दा बर्खाको समय पानी पर्ने हुँदा बाटो चिप्लो हुने, जुका लाग्ने गर्थे।

हामी दुबै जना गन्तव्यमा पुगेपछि एकटक रोकिन्थ्यौं। एक ठूलो र अलि अग्लो ढुंगामा बस्न गएर विभिन्न विषयमा छलफल गर्थ्यौं।
कहिले सामान्य ज्ञानका, कहिले आफ्नो आफ्नो विषयका, कहिले धर्मकर्मका त कहीले फेसबुक तिरका कुरा गर्थ्यौं।त्योबेला मसँग सानो बटनवाला मोबाइल थियो र दिदीसँग ठूलो टचवाला मोबाइल थियो।

त्योबोला टचवाला मोबाइल मेरो हात परेपछि समय बितेको थाहा नै पाउँदैनथें। टचवाला मोबाइल पायो कि मैले समातिहाल्थें अनि फिल्म हेर्न सुरू गर्थें।

कापी किताब छेउमै छरपस्टै छोडेर मोबाइलमा झुन्डिएको दिदीलाई भने फिटिक्कै मन पर्दैनथ्यो, अनि मलाई आफ्ना मीठा कुरामा फकाउँदै मोबाइलको ध्यानबाट बाहिर ल्याउनु हुन्थ्यो, उहाँको त्यो फकाउने तरिका मलाई खुबै मन पर्थ्यो। अनि हामी दुबै जना किताबतिर केन्द्रित हुन्थ्यौं।

एक दिनको कुरा थियो गोठालो गएको समयमा दिदी सोतर काट्दै हुनुहुन्थ्यो उहाँको मोबाइल मेरो हातमा थियो मोबाइलमा डाटा अन रहेछ मैले मोबाइल भाइब्रेसन भएपछि मात्रै थाहा पाएँ।

अनि दिदीलाई भने, ‘दिदी मोबाइलमा त डाटा अन नै रहेछ त।’

उहाँले तत्काल डाटा बन्द गर्न लगाउनु भयो र मैले मोबाइल खोलेको थिएँ। एक जनाको फ्रेन्ड रिक्वेस्ट आएको थियो।

मैले दिदीलाई हतार हतार माने झैं गरी भने दिदी जगदीश नामको व्यक्तिको फ्रेन्ड रिक्वेस्ट पो आयो त, को हो यो जगदीश भनेको ? दिदीले अलि कराएर भन्नुभयो- खै म त चिन्दिनँ फेसबुकका सबै साथीलाई कसले पो चिन्छ र! खुरुखुरु त्यो डाटा भन्द गरेर मलाई सघाउन आऊ त।

मैले हस भन्दै दिदीलाई सघाउन गएँ।

दोस्रो दिन पनि सधैंझैं हामी पुरानै समयमा गोठालो जान लाग्यौं। अरू दिन बाटोभरि सामान्य ज्ञानका कुरामात्रै गर्ने दिदीले त्यो दिन अलि फरक कुरा गर्नुभयो। कुरा त्यही अघिल्लो दिनको फ्रेन्ड रिक्वेस्टको थियो।

दिदीले मलाई भन्नुभयो रेखुली, उसो त मेरो नाम रेखा हो तर दिदीले मायाले बोलाउने नाम रेखुली थियो। रेखुली सुन त हिजोे त्यो मेरो फेसबुक आइडीमा फ्रेन्ड रिक्वेस्ट पठाउने जगदिश नामको व्यक्ति थियो नि, हो मैले त्यसको फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरें नि।

म अचम्म मान्दै ‘ओहो दिदी हिजो त म चिन्दिनँ, फेसबुकमा आएका सबै साथी चिनिँदैनन् भन्नु भा’ थियो त आज चिनेर एसेप्ट भयो कि उस्तै नचिनेर हो ?

दिदीले थप्नुभयो- चिनें र त हैन तर म्युचुअलमा धेरै जना चिनेका थिए त्यसैले एसेप्ट गरिदिएँ। उसरी दिदी खासै नचिनेका मान्छेको फ्रेन्ड रिक्वेस्ट एसेप्ट गर्नु हुन्नथ्यो जगदीश जस्तै नचिनेका फ्रेन्ड रिक्वेस्ट दिदीको फेसबुक आइडीको पेन्डिङमा थुप्रो थिएँ तर खै जगदीशकै मात्र किन एसेप्ट गर्नु भएछ त्यो उहाँ नै जानुन्।

मैले दिदीलाई मोबाइल दिनु हुन भनी आग्रह गरें र उहाँले मलाई मोबाइल दिनुभयो मोबाइलमा डाटा अन गरेर फेसबुक पनि अन गरी जगदीश नाम सर्च गरें अनि दिदीलाई छेउमै बोलाएँ, दिदी मेरो छेउमै उभिनु भयो म जगदीशको प्राफाइलभित्र पसें, दिदीले त जगदीशको प्रोफाइल राम्रोसँग हेर्नुभएको रहेनछ।

तर म भने सबै कुरा हेर्दै थिएँ र दिदीलाई पनि देखाउदै थिएँ। सुरूमा त प्रोफाइलमा राखेको फोटो नियालें। साना आँखा थिए, अल्ली कालो वर्णको, गोलो अनुहार, सुन्दर मुस्कान थियो।

केटो देख्नमा राम्रो थियो। अब त्यो फोटो ब्याक गरेर त्यहाँबाट हामी दुबैले अल्ली तल नजर लगायौं जहाँ ‘वर्क्स एट जर्नालिस्ट एण्ड प्रोग्राम इडिटर, लिभ्स् इन नेपाल यतिमात्रै लेखिएको थियो, बाँकी त तल तल जाँदै गर्दा थुप्रो समाचारका लिंक र उहाँका आफ्नै केही फोटाले भेटिएका थिए, हामी दुबैले उहाँको बारेमा यति कुरा जानेपछि हामी सहजै भन्न सक्थ्यौं कि उहाँ एक राज्यको चौथो अंगमा बसेर काम गर्दै हुनुहुन्छ।

उहाँको बारेमा यतिकुरा जानी सक्दा हाम्रा पाइला पनि गन्तव्यमा पुगिसकेका हुन्छन्।

हामीले त्यो दिन पनि अरू दिनजस्तै गाई, गोरू र बाख्रालाई उनीहरूको चरन क्षेत्रतिर लगाएर त्यही अग्लो ढुंगामा गएर बस्यौं र आफ्नो-आफ्नो किताबतिर नजर लगायौं।

केही कुरा पढिसकेपछि फेरि सदाझैं सोत्तर काट्नतिर गयौं। दुवै जनाले मिलेर सोत्तर काटिसकेपछि एक ठाउँमा बसेर एकछिन मोबाइलमा झुन

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 2

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर