टिभी टुडे टेलिभिजनको प्रधानसम्पादकमा जोशी नियुक्त

अत्रीदेव खबर / १६ भदौ काठमाडौं । टिभी टुडे टेलिभिजनको प्रधानसम्पादकमा वरिष्ठ पत्रकार अरुणदेव जोशीलाई नियुक्त गरिएको छ । बुधबार टिभी टुडे नेटवर्कका कार्यकारी अध्यक्ष जनराज पन्तले वरिष्ठ पत्रकार जोशीलाई प्रधानसम्पादकको रुपमा स्वागत गर्नुभएको हो । नेपाली पत्रकारितामा दुई दशक भन्दा लामो समय सक्रिय रहनु भएका जोशी २०५८ सालबाट टेलिभिजन पत्रकारितामा सक्रिय हुनुहुन्छ । उहाँले भारतको दिल्लीबाट प्रसारण हुने नेपाली भाषाको नेपाल वान टेलिभिजनबाट एङ्करको रुपमा टेलिभिजनको यात्रा सुरु गर्नु भयो । यस अवधिमा जनता टेलिभिजन र शिलापत्र डटकमको सम्पादक रुपमा काम गरिसक्नु भएको छ

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर