कठरिया भाषा बर्ण प्रबर्द्धन कार्यक्रम हुंदै

अत्रिदेव खबर\१८भदौ
कैलाली ः कैलाली जिल्ला स्थित कठरिया थारु समुदायको घनावस्ती भएको स्थानहरुमा कठरिया भाषा बर्ण प्रवर्द्धन कार्यक्रम संचालन भैरहेको छ । कठरिया समाज नेपालको आयोजना तथा हिमाली आदिवासी समाज नेपालको सहयोगमा कठरिया भाषा लेखन शैली अन्तर्गत सो कार्यक्रम भैरहेको हो ।

भाषा लेखन शैलीमा एक रुपता ल्याउन कठरियाहरुको बासोबास भएको गाउँ गाउँमा कार्यक्रम आयोजना गर्दै आएको कठरिया समाज नेपालका कोषाध्यक्ष सुरज कठरियाले बताए । साथै कठरिया भाषा–भाषीहरुका लागि औपचारिक तथा अनौपचारिक पठन–पाठन, सजिलो गरि लेख पढ गर्न सहयोग पुगोस भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको सो कार्यक्रमका संचालक समेत रहेका कठरियाले बताए ।

पहिलो चरणको कार्यक्रम अन्तर्गत कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नं. ८ लौसामा भाद्र ६ देखी ९ गते सम्म, वडा नं. ५ पबेरामा १० देखी १३ गते सम्म र भजनी नगरपालिका वडा नं. ७ चर्रा तथा बनगाउामा भाद्र १४ देखी १७ गते सम्म उक्त गाउँका कठरिया युवा युवतीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ ।

यस्तै, दोश्रो चरणको कार्यक्रम अन्तर्गत जोशिपुर गाउँपालिका वडा नं. ३ लक्कडबाट शुरु गरि बाँकी अन्य कठरिया गाउँहरुमा संचालन गरिने अर्का कार्यक्रम संचालक अर्जुन कठरिया ले जानकारी गराए ।

कठरिया बर्ण प्रवर्द्धन कार्यक्रमले बर्णको सहि प्रतिनिधित्व गर्न, लेखन शैलीमा एक रुपता ल्याउन र लेख पढ गर्न सजिलो र सहजता मिलेको कठरिया भाषा बर्ण प्रवर्द्धन कार्यक्रममा सहभागी भजनी नगरपालिका वडा नं. ७ चर्रा का जय कठरियाले बताए । कठरिया भाषा संस्कृति र पहिचान संरक्षण सम्बर्द्धनका कार्यक्रमहरु अगामी दिनमा पनि आयोजना हुनु पर्ने कार्यक्रममा सहभागिहरुको तर्क थियो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर