भारतले महाकाली नदीको धार परिवर्तन गर्न थालेपछि स्थानीयवासी आक्रोशित

भारतले दार्चुलाको महाकाली नगरपालिका–४ स्थित महाकाली पारि एकलौटी तरिकाले नदीको धार परिवर्तन गर्न थालेपछि स्थानीयवासी आक्रोशित बनेका छन् ।

भारतीय पक्षले सीमामा बलमिचाइ गर्न थालेपछि शनिवार दार्चुलावासी स्थानीयले सदरमुकाम खलङ्गास्थित आफ्नो भूमिबाट ढुगां प्रहार गर्दै विरोध जनाएका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारका सभामुख, उपसभामुख सहितको प्रदेशसभा सदस्य र राजनीतिक दलहरूको टोली दार्चुलामा छ । तर उनीहरूले भारतीय पक्षले गरेको ज्यादती नदेखे झैँ गरेको स्थानीय चक्रबहादुर बमले बताए ।

यसअघि स्थानीयले तटबन्ध रोक्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराइसकेको भए पनि सरकारको तर्फबाट हुनै पहल नभएको उनले बताए ।

तटबन्ध निर्माणका विषयमा भारतीय पक्षले समन्वय नै नगरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । नेपालतर्फ महाकालीको धार फर्किने गरेर तटबन्ध निर्माण कार्य नरोकिएकाले आफूहरू आन्दोलनमा उत्रिएको स्थानीयहरूले बताएका छन् ।

भारतले नेपाली क्षेत्रबाट निर्माण सामाग्री लगेर तटबन्ध निर्माण गरिरहँदा समेत राजनीतिक दल, स्थानीय प्रशासन र सरकार मौन बस्नु राष्ट्रघाती काम भएको स्थानीय कृष्ण धामीले बताए  ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर