माओवादी केन्द्रले लगायो वडाध्यक्षको टुङ्गो, घोडाघोडी १ मा लक्ष्मण न्युरे

नेकपा माओवादी केन्द्रले घोडाघोडी नगरपालिका वडा नम्बर १ को वडाध्यक्षको उम्मेदवारीको टुङ्गो लगाएको छ । आसन्न स्थानीय तहको निर्वाचनको लागी वडा अध्यक्षमा लक्ष्मण न्युरेलाई अगाडि सारेको छ ।
शनिवार बसेको जिल्ला समन्वय समिति र नेकपा माओवादी केन्द्र घोडाघोडी नगर कमिटीको पूर्ण बैठकले सर्वसम्मत रुपमा लक्ष्मण न्युरेलाई अगाडि सारेको हो ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागी लक्ष्मण न्युरेलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा माओवादी केन्द्र वडा नम्बर १ का सचिव गोपाल रेग्मीले जानकारी दिए । अन्य चार जना सदस्यको टुङ्गो गठबन्धन हुने नहुने कुरामा भर पर्ने उनले जानकारी दिए ।
सर्वसम्मत रुपमा लक्ष्मण न्युरेलाई वडाध्यक्षको लागी अगाडि सारेको रेग्मीले जानकारी दिए । लक्ष्मण न्युरे नेकपा माओवादी केन्द्र घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष पनि हुन् ।
उम्मेदवार टुङ्गो लागेसँगै प्रचारप्रसारमा तीव्रता दिने पाटीले जानकारी दिएको छ । अन्य वडाहरूको केही दिनमा टुङ्गो लाग्ने बताएको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर