विप्लव निकट अखिल(क्रान्तिकारी)द्धारा विभिन्न माग राख्दै राष्ट्रिय माविमा तालाबन्दी

विप्लव निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले कैलालीको घोडाघोडी नगरपालिका १ मा अवस्थित राष्ट्रिय माविमा अनिस्चित कालिन तालाबन्दी गरेको छ । विद्यालयमा भएको अनियमितता, भ्रष्टाचार रोक्न तथा शैक्षिक गुणस्तर सुधार गर्न लगायतका मागहरू राख्दै विद्यालयको प्रधानाध्यापक कक्ष र लेखा शाखामा तालाबन्दी गरेको हो ।

राष्ट्रिय माध्यामिक विद्यालय सुखडमा विगत लामो समय देखी भइरहेको भ्रष्टाचार, अनियमितता, अराजकता र केही गैर जिम्मेवारीपूर्ण कार्यहरू प्रति विद्यालय प्रशासन लाई पटक पटक संगठनले जानकारी र ध्यानाकर्षण गराउँदा समेत विद्यालय प्रशासन गैर जिम्मेवार भई प्रस्तुत भइरहेको हुँदा आफूहरूले तालाबन्दी गरेको जिल्ला अध्यक्ष महेश पातलीले जनकारी दिएका छन् ।

अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष महेश पातलीले शिक्षा जस्तो संवेदनशील क्षेत्रमा भएको भ्रष्टाचारजन्य गति बिधिहरुको विरुद्धमा आफूहरू जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने बताउँदै विद्यालय प्रशासनले लापरबाही तुरुन्त सच्याउन उनले आग्रह गरे ।

सपिङ कम्प्लेक्सको भाडा ठेक्का बापतको तीन वर्ष देखिको रकम उठाई विद्यालयको खातामा दाखिला गर्नु पर्ने, २ वर्ष देखि शिक्षक कर्मचारीहरूको सञ्चय कोषको रकम तत्काल दाखिला गर्नु पर्ने, विद्यालय सम्बन्धी महत्त्वपूर्ण निर्माण तथा अन्य निर्णयहरू कोठे बैठक बाट हुने गरेकोले यस्ता गैर जिम्मेवारी पूर्ण कार्यहरू बन्द गर्नु पर्ने, कर्मचारी नियुक्ति जस्तो गम्भीर विषयमा एकरूपता र पारदर्शिता हुनुपर्ने, विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्नु पर्ने, विद्यालयमा छात्राहरू माथी हुने विभेद र दुर्व्यवहार बन्द गर्नु पर्ने लगायतका मागहरू विप्लव निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)ले राखेको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर