सुदूरपश्चिम आउँदै प्रधानमन्त्री देउवा, २ जिल्लाको चुनावी सभालाई सम्बोधन गर्ने

यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रचारप्रसारका लागि लागि नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा देश दौडाहमा निस्कने भएका छन्।

मंगलबार काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत देउवा चुनावी सभालाई सम्बोधन गर्न देशका विभिन्न ठाउँमा पुग्ने जानकारी दिएका छन्।  काँग्रेस र गठबन्धन जिताउन देउवासहित पार्टीका शीर्ष नेताहरूले विभिन्न स्थानमा हुने सभालाई सम्बोधन गर्ने पौडेलले बताएका हुन्।

जसनुसार शेरबहादुर देउवा वैशाख २६ गते कैलाली आउने छन्। उनले धनगढीमा वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री फरमुल्लाह मंसुरसहित चुनावी सभालाई सम्बोधन गर्नेछन्। त्यसैको भोलिपल्ट उनी गृह जिल्ला डडेल्धुरा जानेछन्। त्यहाँ पनि देउवासहित नेता पौडेल र सहमहामन्त्री बद्री पाण्डे लगायतले चुनावी सभालाई सम्बोधन गर्नेछन्।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर