हँसिया हतौडामा रूखवालाले भोट हालिँदैन भन्यो भने देश दुर्घटनामा जान सक्छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हँसिया हतौडामा नेपाली कांग्रेसले भोट हाल्दिनँ भन्यो भने देश दुर्घटनामा जान सक्ने बताएका छन्।

उनले ०७४ मा रूखवाला (कांग्रेस) ले हँसिया हतौडामा भोट हाल्न असजिलो मानेपछि आफू वामगठबन्धन बनाउँदै एमालेसँग चुनावी तालमेलका लागि पुगेको प्रचण्डले बताए।

यो कुरा आज सत्तागठबन्धनले चितवनमा गरेको चुनावी सभामा प्रचण्डले भनेका हुन्।

‘हालिदैन हँसिया हतौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’ उनले भने, ‘होइन यो राष्ट्र र जनताको आवश्यकता हो। लोकतन्त्रको आवश्यकता हो भनेर उत्साहपूर्वक रेनु दाहाल र चित्रसेन अधिकारीलाई भोट दिएर विजयी गराउने हो भने यो गठबन्धनलाई २० वर्ष लैजाने प्रतिवद्धता व्यक्त गर्दछु।

यसअघि बोलेका कांग्रेस नेताहरूले रेनुलाई मेयर जिताउने तर कांग्रेसलाई धोका नदिन प्रचण्डलाई आग्रह गरेका थिए।

यसको जवाफ दिँदै प्रचण्डले ०७४ मा कांग्रेसले भोट हाल्न असजिलो गरेको प्रतिक्रिया दिएका थिए।

यसपछि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका थिए। नेकपा हुँदा आफू र माधव नेपालले पार्टीमा ७० प्रतिशत पुर्‍याएर ओलीलाई अध्यक्षबाट हटाएको दाबी उनले गरेका थिए।

उनले सहमति, सहकार्य र एकता आजको आवश्यकता भएको बताए। एमसिसीलगायत विभिन्न बाहनामा गठबन्धन तोड्ने षड्यन्त्र भए पनि त्यो सफल हुन नदिइएको उनले बताए

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर