समृद्ध बेलौरिको परिकल्पनाका लागि सूर्यमा मतदान गरौ: बोहोरा

खगेन्द्र अबस्थि 
आसन्न स्थापना चुनाबमा नेकपा एमालेको तर्फबाट बेलौरि नगरपालिका नगरप्रमुख कि उम्मेद्वार कमला बोहोराले आफुलाइ जनताले बिश्वास गरेर चुनाब जिताए आफु सदैब जनताको काममा लागिरहने बताएकि छिन।

उक्त नगरपालिकामा आगामि ७४ सालको चुनाब जितेर आएका नगरप्रमुखले केहि बिकाश नगरेको पाइएको छ आफु नगरपालिकामा चुनाब जितेर आइसके पस्चात सधै जनताको सेवक भएर लाग्ने बताएकि छिन।

बेलौरि नगरपालिकाका जनताले अहिले बिकासका लहर खोजिरहेका छन तर आगामि स्थानिय सरकारले केहि बिकास गरेको नदेखेका जनताले नेकपा एमालेको तर्फबाट बोहोरा उम्मेद्वार भएर आइसके पस्चात नगरमा बिकासका लहर आउने बिश्वास लिएका छन।

भारतीय सीमासंग कन्चनपुरका दक्षिणमा रहेको बेलौरी नगरपालिकाका युवालाई रोजगारसंग जोड्ने प्रतिवद्धता व्यक्त गरेकि छिन् । बेरोजगारी अवस्थाको तथ्याक संकलन, सूचना प्रणाली विकास एवं रोजगार सूचना केन्द्रलाई व्यवस्थापन गरिनेछ उहाँले बताइन ।

भारत लगायतका विदेशबाट फर्केका व्यक्तिहरूको ज्ञान, सिप र पूँजीको सदुपयोका लागि उत्पादनमूलक उद्योग तथा उद्यममा लगानी गरि स्वदेशमा स्वारोजगारी तथा रोजगारी दिने, भारतमा काम गर्न जाने कामदारको तथ्याक राख्ने व्यवस्था, कल्याणकोष र विमाको व्यवस्था लागु गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

सिमा क्षेत्रमा रहेका जग्गााधनीले आफ्नो जमीन वैक तथा वित्तिय संस्थाहरुमा धितो राख्न नपाई ऋण लिन वाट वंचित भएकाले नगरको जमानीमा वैक तथा वित्तिय संस्थाहरुवाट सहजै ऋण लिने व्यवस्था मिलाइनुका साथै नगर भित्रका सवै जातजाती तथा समुदायको परम्परागत प्रविधि तथा सिपहरुलाई व्यवसायिकरण गरिने बताइन।

मुक्त कमैयालाई आत्मनिर्भर बनाउन आवश्यक निति अवलम्बन गरिने र प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ शैय्या अस्पताकाले स्तरोन्नती गरि आधुनिक उपकरण र दक्ष चिकित्सक र जनशक्तिको व्यवस्थापन गरि गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिने उहाँले बताउनुभयो।

आवश्यक पूर्वाधार, संयन्त्र, चिकित्सक तथा जनशक्ति र स्रोतको व्यवस्थापन गर्दैे नगरक्षेत्रमा सुविधा सम्पन्न छुट्टै सरुवा रोग नियन्त्रण अस्पताल निर्माण गरि कोरोना जस्ता महामारी नियन्त्रण गरिने र महिलाहरुको प्रजनन् स्वास्थ्य अधिकार सुरक्षामा सहयोग पुग्ने गरि सुरक्षित मातृत्व र आङ खस्ने रोग लगायतका समस्या हल गर्न अस्पताल र स्वास्थ्य चौकीहरुमा सुरक्षित प्रसुति सहितको नियमित स्वास्थ्य जाच तथा उपचारको व्यवस्था मिलाईने बताइन।
युवाहरूको शारीरिक तथा मानसिक विकासका लागि एक वडा खेल मैदान र नगरका मूख्य क्षेत्रमा आवश्यकता अनुसार कवर्ड हल निर्माण र खेल सामाग्रीको व्यवस्थापन गरिने भनि घोषणा पत्रमै उल्लेख गरिएको छ ।

निर्वाचन आउन एक हप्तामात्र बाँकी रहेको वेला बेलौरीका मेयर र उपमेयरका उम्मेदवारले चुनावी अभियानलाई तीव्र पारेका छन् ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 49

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर