मलाइ सेवा गर्ने अवसर दिनुहोस् ,नमुना गाउँपालिका बनार देखाउछु – कुवर

बौनिया / नेकपा एमालेबाट बर्दगोरिया गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार कर्ण कुवरले यहाँको समृद्धिका लागि आफुले पाउने सबै सरकारी सेवा सुविधा त्याग गर्ने घोषणा गरेका छ्न ।

 

वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफुले जिते पाउने सवै सुबिधा गरिब ,विपन्न तथा असायको निम्ति कोष स्थापना गरि सेवा गर्ने घोषणा गरेका हुन । स्थानीय तहको निर्वाचनका क्रममा यतिबेला जनताको घरदैलो अभियानमा सक्रिय कुवरले यस्तो प्रतिबद्धता जनाएका हुन ।

शुक्रबार अभियान कै क्रममा बर्दगोरिया २ कुम्भियामा उनले बर्दगोरियाको समग्र बिकास र समृद्धिका लागि आफुले हर सम्भवको काम गर्ने प्रण गरे । सामाजिक क्षेत्रमा निकै सक्रिय कुवर बर्दगोरियाको एक अभिन्न अभिभावकको हिसाबमा परिचीत व्यक्ति हुन । चुनावी अभियानका क्रममा कुवरले भने – यहि ठाउँमा म जन्मिए ,हुर्किए ।

यहि ठाउँले मलाई चिनायो, अब म यही बसेर तपाईंको सेवा गर्ने प्रणमा छु । विस्वास मानेर मलाई जिताउनुहोस, मैले तपाईंको सेवा र कर्म गर्न सकिन भने हुत्याउन पाउनु हुनेछ । म यही जन्मेको ,हुर्केको ,खेलेको तपाईंको साथमा व्यवसायीक रूपमा अघि बढे ।

त्यति हुदाहुदै पनि मैले यो समाजको लागि गर्न सक्ने सबै सामाजिक सेवामा कहिल्यै पछि हटिन र कमि गरिन । तपाईं कै आश र भरोसाले मैले चुनाव लड्ने आट गरे । कुवरले भने अघिल्लो चुनावमा पनि मैले सोचे अनुसारको नतिजा पाइन ,यसपटक जसरी हुन्छ मलाई एकपटक मौका दिनुहोस, तपाईंको माया साथ र भोटको म अपमान हुन दिने छैन । कुवरले भने – बर्दगोरियाको समग्र विकासको खाको मैले कोरेको छु । मलाई नै भोट दिनुहोस भनेर भन्न पनि चाहादैन । भोट दिने नदिने तपाईंको हातको कुरा हो । यदि म भन्दा योग्य व्यक्ति अरु कोही छ्न भने उनैलाइ भोट दिनुहोस ।

तर बर्दगोरियामा आउने विकास बजेटको १० गुणा बढी बजेट ल्याउने हैसियत भने मशीत छ । म यहि जन्मेको ,हुर्केको यहि ठाँउमा बसेर काम गरेको लामो अनुभवले मलाई यहाँको समग्र समस्य बारे थाहा छ । तिनै समस्या समाधानको लागि म उम्मेदवार बनेको हु । कुवरले भने – म जितेछु भने बौनियामा बहुमुखी क्याम्पस ,स्वास्थ्य ,सुकुम्बासी समस्या ,ढलनिकास, पर्यटन पबर्दनको विकास ,गरिब तथा विपन्न बर्गको आर्थिक सशक्तीकरणमा फट्को मार्ने गरि काम गर्नेछु ।

विकास गर्नका लागि पैसा नै ठूलो कुरो होइन, कुवरले भने त्यसका लागि आवश्यक योग्यता ,क्षमता र ज्ञान चाहिन्छ ,तपाईं बिश्वास गरेर तपाईंको अमुल्य मत दिएर बिजयी गराउनु होस । तपाईंको सेवाको लागि म निरन्तर तपाईंहरुको र समाज रुपान्तरण गर्ने प्रतिबद्धता गर्दछु ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर