आचारसंहिता उल्लंघन गर्नेलाई भोट नदिन प्रमुख निर्वाचन आयुक्तको आह्वान

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता उल्लंघन गर्नेलाई भोट दिने बेलामा चार चोटी सोच्न आह्वान गरेका छन् । ‘आम मतदाता र आम नागरिकहरुलाई एउटा आह्वान गर्छु आज, मैले गरेको थिइनँ । सम्भवतः आयोगको तर्फबाट यो भन्न मिल्छ कि मिल्दैन अहिले त्यो पनि सोचिरहेको छु’, सरकारी टेलिभिजनलाई अन्तरवार्ता दिँदै थपलियाले भने, ‘तर, आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरूलाई मतदान दिने बेलामा चारपल्ट सोच्नुहोस् ।’

उनले अगाडि भने, ‘मैले ठीक गरेको छु कि बेठीक गरेको छु भनेर । किनभने सबैभन्दा ठूलो कारबाही गर्ने भनेको सार्वभौमसत्ता नागरिक हो । सबैभन्दा ठूलो अदालत भनेको नागरिकको अदालत हो। गलत गर्नेहरुलाई नागरिकले इतिहासमा पटकपटक दण्डित गरेका छन् । यतिबेला पनि दण्ड दिनका लागि हरेक मतदाता सशक्त बनेर लाग्नुपर्छ ।’

उनले निर्वाचन आयोग र आम मतदाताबीच भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै आयोगको यस्तो आह्‍वानलाई सफल बनाइदिन पनि आग्रह गरे ।

उनले दलहरुले प्रतिबद्धतानुसार आचारसंहिता पालना नगरेको भन्दै आक्रोश पोखे । आयोगमै आएर सबै दलका शीर्ष नेता लगायतले आचारसंहितामा हस्ताक्षर गरेपनि पालनामा गम्भीर नभएको उनको गुनासो छ ।

सुशासन, समृद्धि र विकासका लागि आम जनता र मतदाताले आयोगको आग्रहलाई बुझ्ने पनि थपलियाको भनाइ छ । सबै मतदाता र नागरिकले चाहेको गन्तव्य भनेको सुशासन, समृद्धि र विकास नै भएको थपलियाको भनाइ छ । त्यहाँ पुग्ने पाइला भनेको निर्वाचन नै भएकाले जनताको खबरदारी निरन्तर आवश्यक रहने बताए ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर