दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने बेहुला पक्राउ

झापाको मेचीनगरमा विवाहमा दाइजोको विषयमा विवाद गर्ने बेहुलालाई प्रहरीले पक्राउ गरेको छ ।

मेचीनगर  नगरपालिका ४ बस्ने २८ वर्षीय डेबिट चौधरी शनिबार पक्राउ परेका हुन् । मेचीनगर  १५ बस्ने पुष्पलाल राजवंशीको छोरीसँग विवाह गर्ने क्रममा डेबिटले दाइजोमा मोटरसाइकल  नदिएको भनी विवाद गरेका थिए ।

त्यसलगत्तै  पुष्पलालले डेबिटलाई विपक्षी बनाई विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरीलाई इलाका प्रहरी कार्यालय धुलावारीमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाए

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर