मोटरसाइकल दुर्घटनामा परी धनगढीका मतदान अधिकृत भट्ट घाइते

धनगढीका मतदान अधिकृत द्विजराज भट्ट मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् ।

धनगढी–२, वैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा जाँदै गर्दा मतदान अधिकृत भट्ट दुर्घटनामा परेर घाइते भएका हुन् ।

भट्ट सवार से १ प ११६८ नम्बरको मोटरसाइकलसँग सु.प ०१.००१ च.२८८९ स्कारपियो ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते भट्टलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

मतदान केन्द्रमा उनको सट्टा नयाँ मतदान अधिकृत खटाइएको निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर