देशभर थपिए २१ संक्रमित, निको भए १६ जना

पछिल्लो २४ घन्टामा देशभर थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार बुधबार २१ जनामा संक्रमण पुष्टि भएको हो।

३ हजार ७८८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

 

तीन हजार ७० जनाको पिसिआर र ७१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १८७ जना सक्रिय संक्रमित छन्।

बुधबार १६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर