२५ नटिकल माइल उडेपछि बायाँ इन्जिनमा समस्या आएको थियो श्री एयरलाइन्सको जहाजमा

श्री एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएपछि आकस्मिक अवतरण गरिएको छ।

 

बुधबार काठमाडौंबाट धनगढी उडेको जहाजको इन्जिन फेल भएपछि फेरि काठमाडौंमै अवतरण गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

काठमाडौं विमानस्थलबाट २५ नटिकल माइल उडेपछि ८० यात्रु लिएर उडेको जहाजको बाँया इन्जिनमा समस्या आएको सिटौलाले बताए।

 

‘त्यसपछि एउटा इन्जिनको भरमा जहाज काठमाडौं फर्कियो र १२ बजेर ८ मिनेटमा सफल अवतरण भयो,’ उनले भने।

जहाजको अहिले प्राविधिक परीक्षण भइरहेको छ। उक्त जहाजमा धनगढी जान लागेका यात्रुलाई आजै अर्को जहाजमा पठाउने कि के गर्ने भन्नेबारे छलफल भइरहेको श्री एयरलाइन्सले जनाएको छ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर