मौन अवधिमा चुनावी प्रचारमा प्रयोग गर्ने सरकारी मोटरसाइकल प्रहरीको नियन्त्रणमा

कञ्चनपुरको पुनर्वासमा बुधवार राती चुनावी प्रचारमा प्रयोग भएको सरकारी मोटर साइकल स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।

पुनर्वास नगरपालिका वार्ड नम्बर २ का वडाध्यक्ष सन्त कुमार चौधरीले प्रयोग गर्ने म.१ ब ४४४ नम्बरको  मोटर साइकल स्थानीयले प्रहरीलाई बुझाएका हुन ।

बुधवार राती करिब १ बजेको समयमा पुनर्वास नगरपालिका वार्ड नम्बर २ अमरैया टोलमा चुनावी प्रचारमा प्रयोग गरिरहेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएका थिए ।

स्थानीयले मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक मनिराम भट्टले जानकारी दिए ।

निर्वाचन आचार संहिता विपरीत मौन अवधिमा सरकारी गाडी प्रयोग गरेको पाइएकाले मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर