दैलेखको ठाटीकाँधमा झडप, मतदान स्थगित

दैलेखको ठाटीकाँध गाउँपालिकाको एक केन्द्रमा मतदानका क्रममा झडप भएको छ ।

 

ठाटीकाँध गाउँपालिका-६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा दुई पक्षबीच झप भएको हो । इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुबनेश्वर प्रसाद शाहले जानकारी दिए ।

झडपले उग्ररुप लिन थालेपछि यो केन्द्रको मतदान स्थगित भएको छ । मतदान पुन: सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारी भएको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर