स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना, ८ जनाको मृत्यु

स्याङ्जामा मतदाता बोकेको बोलेरो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप आज बिहान साढे १० बजेतिर दुर्घटना भएको हो ।

वालिङ नगरपालिका मञ्चमन भन्ने स्थानमा दुर्घटना भएको हो । खचाखच यात्रु बोकेको जीपमा सवार अरु १५ जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता विष्णु केसीले जनाकारी दिए । जीप सडकदेखि अन्दाजी पाँच सय मिटर तल जीप खसेको हो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर