शहिदनगर नगरपालिकामा गोली चल्यो

मतदानको क्रममा धनुषामा गोली चलेको छ । जिल्लाको शहीदनगर नगरपालिका १ स्थित कुम्भकर्ण प्रावि मतदान केन्द्रमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो ।

मतदान खसाल्ने विषयमा विवाद भएर झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । विवाद भएर केही समय रोकिएको मतदान पुनः

सुरक्षा निकायले धनुषामा ३ सय २३ वटा मतदानस्थल रहेकोमा १ सय ८३ वटा मतदान स्थललाई अति संवेदनशीलको रुपमा वर्गीकरण गरेको छ । जिल्लाको अन्य मतदान स्थलमा सामान्य रूपमा मतदान भइरहेको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर