कालिकोटको महावैमा मतगणनास्थल नजिकै झगडा गर्नेहरुबाट पेस्तोल बरामद

कालिकोटको महावै गाउँपालिका–२ गैंडाखानास्थित तिला नमुना माविमा मतगणना स्थलबाहिरबाट सेनाले पेस्तोल बरामद गरेको छ । मतगणना स्थलभन्दा करिब ३ सय मिटर पर झगडा हुँदा कटुवा पेस्तोल भुँइमा खसेको थियो । नेपाली सेनाको टोलीले झगडा गर्ने मध्येका २५ वर्षका प्रकाश शाही र बरामद पेस्तोल प्रहरीलाई जिम्मा लगाएको कालिकोटका डिएसपी चक्र शाहले रातोपाटीलाई बताए ।

शाही महावै–५ का स्थानीय हुन् । झगडामा संलग्न अन्य युवाहरु भागेका छन् । पेस्तोल बोक्ने युवकबारे अनुसन्धान भइरहेको डिएसपी शाहले जानकारी दिए । मतगणना स्थल नजिकैको होटलमा बसेर खाजा खाइरहेको बेला झगडा हुँदा भुइँमा खसेको अवस्थामा सेनाको टोलीले १ राउण्ड गोली लोड गरेको पेस्तोल बरामद गरेको थियो

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर