कैलालीको घोडाघोडी– १२ मा काँग्रेसका चौधरी प्यानलसहित विजयी

कैलालीको घोडाघोडी नगरपालिका – १२ को वडाध्यक्षमा नेपाली काँग्रेसका राम दुलारे चौधरी प्यानलसहित विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खडक बहादुर चौधरी(उमार) लाई पराजित गर्दै उनी ८ सय २६ मतका साथ विजयी भएका हुन् । खडक बहादुर चौधरी(उमार) ले ३ सय ५१ मत प्राप्त गरेका छन् ।

त्यसै गरी महिला सदस्यमा सुमिता चौधरी ८ सय ४३ मत, दलित महिला सदस्य माता देवी दमाई ८ सय २२ मत, खुल्ला सदस्य द्वय गोपुलदाश डगौरा थारु ८५१ मत र रामनाथ चौधरी ७९० मत ल्याई विजयी भएका छन् । घोडाघोडी नगरपालिका – १२ नेकपा माओवादी केन्द्र को गडका रूपमा चिनिने गरिन्थ्यो ।माओवादीको गड भत्काउन सफल भएको वन निर्वाचित नेपाली काँग्रेस पार्टीले जनाएको छ । २०७४ को स्थानीय चुनावमा नेकपा माओवादी केन्द्रका पर्ना कुमार चौधरी विजय भएका थिए । वडा नम्बर १२ मा २ हजार ५२ मत खसेको थियो

माओवादीको गड भत्काउन सफल भएको वन निर्वाचित नेपाली काँग्रेस पार्टीले जनाएको छ । २०७४ को स्थानीय चुनावमा नेकपा माओवादी केन्द्रका पर्ना कुमार चौधरी विजय भएका थिए । वडा नम्बर १२ मा २ हजार ५२ मत खसेको थियो ।

 

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर