एमालेलाई हराएर सुदूरपश्चिममा पहिलो मेयर जित्यो एकीकृत समाजवादीले

नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिममा पहिलो मेयर जितेको छ।

 

कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराएका हुन्।

रावतले १३१२८ मत ल्याए भने चौधरीले ८२४१ मत पाए।

 

उपमेयरमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन्। उनले एमालेकी करूणादेवी बटालालाई हराएकी हुन्।

२०७४को चुनावमा यसपालि पराजित भएका एमालेका चौधरीले मेयर जितेका थिए।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर