कांग्रेस बलियो मानिएको सुर्खेतको भेरीगंगामा गठबन्धनलाई हराएर एमालेले जित्यो मेयर र उपमेयर

सुर्खेतको भेरीगंगा नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरमा जितेको छ।

 

नेपाली कांग्रेस बलियो भएको क्षेत्रमा पर्ने भेरीगंगा नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन गर्दा समेत एमाले विजयी भएको छ।

नेकपा एमालेका यज्ञप्रसाद ढकाल १० हजार २२ मतसहित मेयरमा निर्वाचित भएका छन् भने उपप्रमुखमा एमालेकै धनसरा बोहरा ९ हजार ६१४ मत ल्याएर निर्वाचित भएकी छन्।

 

कांग्रेसबाट मेयर उम्मेदवार रामबहादुर सिंहले ९ हजार ७९७ मत ल्याएर पराजित भएका छन्। उपमेयरमा माओवादीबाट उम्मेदवार बनेका नन्दबहादुर कार्की ८ हजार ९१३ मत ल्याएर पराजित भएका छन्द।

भेरीगंगा नगरपालिकामा यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा मेयर र उपमेयर दुवैमा कांग्रेसले जितेको थियो।

यसपटकको निर्वाचनमा भेरीगंगाका १३ वडामध्ये ८ वटा वडामा कांग्रेसले अध्यक्ष जितेको छ।

 

२ वडामा माओवादी र ३ वडामा एमालेले अध्यक्ष जितेको छ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर