यौनहिंसाको उजुरीमा हदम्याद हटाउन निरन्तर दबाब

काठमाडौं । महिला तथा बालिकामाथि हुने यौनजन्य अपराधको घटनामा उजुरीका लागि हद म्याद राख्ने कानूनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरिएको छ ।

पीडाको कुनै हदम्याद हुँदैन’ भन्ने मूलनारासहित सो प्रर्दशन गरिएको हो । सडकमा पलेटी कसेर बसेका प्रर्दशनकारीहरुले पीडकलाई कडा कारवाही र पीडितलाई उचित क्षतिपूर्तिसहितको व्यवस्था सरकारले नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी समेत दिएका छन् ।

त्यस अवसरमा उनीहरुले ‘दया होइन, न्याय दे’, ‘हामी चुप लागेर बस्दैनौं’, ‘पीडाको कुनै हदम्याद हुँदैन’ भन्ने लेखिएको प्लेकार्ड समेत प्रर्दशन गरेका थिए ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर