सिलिण्डर ग्यास पड्किदा बालिकाको मृत्यु

तनहुँ । खाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् ।

सिलिण्डर ग्यासमा अचानक आगलागी भई पड्किदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो ।

मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएकोे उहाँले जानकारी दिनुभयो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर