घोडाघोडी नगरपालिकाको प्रवक्तामा अध्यक्ष ओझा

२९ जेठ,सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ का वडाध्यक्ष धनश्याम ओझा नगरपालिकाको प्रवक्ता तोकिएका छन् । घोडाघोडी नगरपालिकाको कार्यपालिकाको पहिलो बैठकले वडा अध्यक्ष ओझालाई प्रवक्तामा तोकेको हो । सर्वसम्मत रूपमा आफूलाई कार्यपालिकाले प्रवक्ताको जिम्मेवारी प्रदान गरेको उनले बताए ।
नगरपालिकाले प्रदान गरेको जिम्मेवारी पूर्ण रूपमा निभाउने प्रतिबद्धता समेत जाहेर गरेका छन् । भर्खरै सम्पन्न भएको २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तिलक राम सापकोटालाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका थिए । २०४९ साल पछि नेकपा एमालेको किल्ला  भत्काउन नेपाली काँग्रेस सफल भएको हो । वडामा एमालेको अवस्था बलियो रहे पनि पार्टी भित्रको अन्तर द्वन्द्व फाइदा उठाउँदै नेपाली काँग्रेसले एमालेको विरासत तोडेको हो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर