एकै सिजन १२ हजार नेपाली विद्यार्थी जापान पुगे, जागिरसँगै आवासको पनि संकट

 

 कोरोनाका महामारीका कारण रोकिएका नेपाली विद्यार्थी २ वर्षपछि धमाधम जापान पुगिरहेका छन्।

तर लामो प्रतीक्षापछि जापान पुगेका विद्यार्थीहरु सुरुमै निराश हुनुपर्ने अवस्था आएको छ।

जापान आएका यस्तै एक विद्यार्थी हुन् सिन्धुलीका (जगत थापा) नाम परिवर्तन। जापान पस्दाको खुसी अब विस्तारै निराशातिर परिणत हुन थालेको छ।

कुनै बेला उनलाई जापान सपनाको देश लाग्थ्यो। चाँडै जापान पुगेर सोचे जस्तै पैसा कमाउने हुटहुटी उनमा थियो।

तर अहिलेको परिस्थितिले जटिल बनाइदिएको उनी बताउँछन्। कोरोनाको समयमा जापान पुग्न पाए सबै ठिक हुन्छ होला भन्ने लाग्थ्यो’, उनी भन्छन्, ‘तर सोचेको भन्दा भिन्नै रहेछ यहाँको अवस्था।’

उनी जापान पसेको २ महिना बितिसकेको छ तर अहिलेसम्म  समेत काम पाएका छैनन्। 

 

अक्टोबर इन्टेकमा जापानको एक कलेजमा अध्ययनका लागि आवेदन गरेका उनले  २१ डिसेम्बर २०२० मा ९ लाख ७२ हजार रुपैयाँ कलेजको खातामा जम्मा गरे।

भाषा पढ्न, कलेज शुल्क र होस्टेलको भाडा जम्मा गर्न लिएको ऋण सम्झिँदा उनको मन भारी हुन्छ।

`आउनुअघि पुतलीसडकस्थित एक कन्सल्टेन्सीले पार्ट टाइम जब कलेजले नै खोजिदिन्छ भनेको थियो’, उनले भने, ‘तर यहाँ आएपछि न त कलेजले काम खोजिदियो न त केही सहयोग नै गर्यो।’

यता उनी कमाउन सकिरहेका छैनन् भने नेपालमा उनका बुवा मासिक ३६ हजार ब्याज तिरिरहेका छन्।

‘सबै पैसा ऋण लिएका छौँ’, उनले भने, ‘प्रोसेसदेखि अहिले यहाँ आउँदासम्म झण्डै १६ लाख खर्च भएको छ। बुवा पनि विदेशमा हुनुहुन्छ। २ वर्षदेखि निरन्तर महिनाको ३६ हजारका दरले ब्याज तिरिरहेका छौँ।’

सल्यानका विष्णु बस्नेतको पनि अवस्था फरक छैन। उनी आएको १ महिना बित्यो। तर उनको न त काम पाइने टुंगो छ न त बैंक खाता बनेको छ। उनले सिम कार्ड समेत लिन पाएका छैनन्।

 

 

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर