धनगढी खुटिया सडक निर्माणले तीव्रता पाउछ ः राना

अत्रिदेव खबर,३ फागुन
कैलाली ः विघटित प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले अब धनगढी खुटिया सडक निर्माणले तीव्रता पाउने बताएका छन् ।
सोमबार धनगढीमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा रानाले अब कसैले चाहेर पनि सडक निर्माणको काम नरोकिने बताएका हुन् ।
‘धनगढी खुटिया सडक कालोपत्रे गर्न टेन्डर आह्वान भइसकेको छ ।अब कसैले चाहेर पनि निर्माण रोकिँदैन’ उनले भने ।
आफू निर्वाचित भइसकेपछि घोषणा पत्रमै राखेको सडक निर्माणको लागि निरन्तर पहल गरेको उनको भनाइ छ ।
उनले धनगढी विमान स्थलमा यस वर्ष जग्गा अधिग्रहणको प्रक्रिया समेत अघि बढ्ने उनले विश्वास दिलाए । यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा पनि विमानस्थलको बिस्तार गर्न आफूले बताउँदै आएको उनको भनाइ थियो । जग्गा अधिकरण पछि लगानीदाता जुटाउने समेत तयारी भइरहेको उनले जानकारी दिए ।
‘म निर्वाचन भइसकेपछि धेरै प्रगति भएको छ’ उनले भने, ‘विमानस्थलको स्तर उन्नति भएको छ । अझै धेरै गर्न बाँकी हामी लागिरहेका छौँ ।’
उनले धनगढीलाई व्यवस्थित सहर बनाउने योजना अनुसार आफूहरू अधि बढेको समेत स्पष्ट पारे । उनले धनगढीलाई नमुना सहरको रूपमा विकास गर्ने योजना रहेको सुनाए ।
‘धनगढी नजिकै ठुला भारतीय सहर छन् यसले यहाँको आर्थिक समृद्धिमा टेवा पुग्छ’ उनले भने, ‘हामीले यसको फाइदा उठाउँदै धनगढीलाई नमुना सहर बनाउने योजना बनाएका छौँ ।’
उनले धनगढीको जाखोर ताल क्षेत्रमा जैविक चिडिया खाना बनाउने योजना समेत रहेको बताए ।
निर्वाचन क्षेत्रमा समेत थुप्रै विकास निर्माण गरेको उनको दाबी छ । गेटा मेडिकल कलेज,गौरिफन्टा नाकाका विषयमा पनि आफूले पहल गरिरहेको उनले बताए । शिक्षा स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटन प्रवद्र्धमा पनि निरन्तर लागि परेको उनको भनाइ छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 4

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर