अदालतको फैसला स्वागतयोग्य,अब एमालेको बैठक बस्छ :प्रधानमन्त्री

अत्रीदेव खबर/२३ फागुन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताउनुभएको छ ।
साथै उहाँले अब एमालेको संसदीय दलको बैठक बोलाउने समेत बताउनुभएको छ ।

संसद बैठकमा सहभागीका लागि उपस्थित भएका प्रधानमन्त्री ओलीले भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अदालतको फैसलाको स्वागतयोग्य भएको बताउनुभएको हो ।
ओलीले अध्ययन गरेर थप प्रतिक्रिया दिने समेत बताउनुभयो ।
आइतबार अदालतले ऋषिराम कट्टेलको नेकपालाई वैधानिकता प्रदान गरेसँगै नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।
प्रधानमन्त्री ओलीले केही दिनभित्रै एमाले दलको बैठक बसेर नयाँ राजनीतिक कोर्सबारे निर्णय लिइने बताउनुभएको थियो ।
बालुवाटारमा आइतबार संसदीय दलको बैठकमा उहाँले राष्ट्रियसभामा नेकपाको उम्मेदवार बनेर निर्वाचित सांसदहरुबारे विशेष निर्णय गर्ने जानकारी समेत दिनुभएको सहभागी एक नेताले खुलानेपाललाई बताए ।
‘माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने हुन्छ । म त्यो एक महिनाभित्र लिन्छु’, उहाले भन्नुभएको थियो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर