एमालेको केन्द्रीय कमिटी अब महाधिवेशन आयोजक समिति

अत्रिदेव खबर/७चैत
काठमाडौँ – नेकपा एमालेको संस्थापन पक्षले १० औँ राष्ट्रिय महाधिवेशनका लागि आयोजक कमिटी गठन गरेको छ ।
हाल विद्यमान २ सय ६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा परिणत गर्ने निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
यसअघि बसेको केन्द्रीय कमिटी बैठकले १० औँ राष्ट्रिय महाधिवेशन ३ देखि ६ मङ्सिरमा गर्ने निर्णय लिएको थियो । सोही बैठकले केन्द्रीय समिति विस्तार गरी २ सय ६४ सदस्यीय बनाएको थियो । आज बसेको केन्द्रीय कमिटी बैठकले त्यसलाई महाधिवेशन आयोजक समितिमा परिणत गरेको पार्टी प्रवक्ता ज्ञवालीले बताए ।
पार्टीको असन्तुष्ट माधव नेपाल पक्षले भने केन्द्रीय कमिटी विस्तार नमान्ने बताउँदै आएको छ ।
समानुपातिक सांसद र पार्टी कमिटीमा मनोनयनको जिम्मा ओलीलाई 
 एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष तथा दलको नेता केपी शर्मा ओलीलाई अधिकार थपेको छ । शनिवार बालुवाटारमा बसेको केन्द्रीय केन्द्रीय समिति बैठकले सङ्घीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हटाउने राख्ने या हेरफेर गर्ने अधिकार पार्टी अध्यक्षलाई प्रत्यायोजन गर्ने निर्णय गरेको हो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर