प्रेस चौतारीले महासंघलाई भन्यो नयाँ सदस्यता  विधानसम्मत छैन

अत्रिदेव खबर\१३चैत

काठमाण्डौ ः प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासङ्घको नयाँ सदस्यता वितरण विधानसम्मत नभएको उल्लेख गर्दै ज्ञापनपत्र बुझाएको छ।

चौतारीका अध्यक्ष गणेश बस्नेत सहितको समूहले आज महासङ्घमा पुगेर विधानसम्मत तरिकाले नयाँ सदस्यताको टुङ्गो लगाएर मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्वाचन समितिका संयोजक कपिल काफ्लेलाई उक्त ज्ञापनपत्र बुझाएको हो।

महासङ्घको विधानअनुसार नयाँ सदस्यता स्वीकृत, अनुमोदन र स्थानान्तरण गर्ने कार्य सम्बन्धित समितिको निर्वाचन हुनुभन्दा छ महिना पहिलो भइसक्नुपर्नेछ भन्ने व्यवस्था रहेको छ।

निर्वाचन समितिले प्रकाशन गरेको मतदाता नामावलीमा महासङ्घको विधानमा भएको व्यवस्थाविपरीत मनोमानी ढङ्गले पक्षधरताका आधारमा आग्रह पूर्वाग्रहका राखी अध्यक्ष र महासचिवले पठाएको नामावली जस्ताको तस्तै प्रकाशन गरेको ज्ञापन पत्रमा छ।

चौतारीका अध्यक्ष बस्नेतले महासङ्घको विधानसम्मत ढंगले सदस्यताको टुङ्गो लगाई अन्तिम नामावली प्रकाशन र नयाँ सदस्यता प्रदान गर्न महासङ्घबाटै तोकिएको विधि टुङग्याउन माग गरे।

 

समितिका संयोजक काफ्लेले आफूले यसबारेमा अध्ययन गर्ने र महासङ्घको विधिबाटै नयाँ सदस्यताको टुङ्गो लगाउने प्रतिवद्धता व्यक्त गरे।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर