समृद्ध नेपालको नारा केपी शर्मा ओलीको नेतृत्वको सरकारले मात्र पुरा गर्छ ः मन्त्री भट्ट

अत्रिदेव खबर\१४चैत
धनगढी ः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा नेकपा एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले सुखी नेपाली समृद्ध नेपालको नारा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले मात्र पुरा गर्न सक्ने उहाँले दाबी गर्नुभयो ।
शनिवार नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको जिल्ला भेलालाई धनगढीमा सम्बोधन गर्नुहुँदै मन्त्री भट्टले यस्तो बताउनु भएको हो । कार्यक्रममा बोल्दै मन्त्री भट्टले समूह र गुटका पछि नलाग्न समेत कार्यकर्ताहरूलाई निर्देशन दिनु भएको छ ।


भेलालाई सम्बोधन गर्दै उहाँले अहिलेको सरकार जनताका समस्या बुझेर काम गर्ने सरकार रहेको बताउनुभयो । विकासको पक्षधरहरूले अहिलेको सरकारलाई मन पराए पनि विकास विरोधीहरू भने विभिन्न बहानामा सरकारको विरोध गरेर हिडिरहको कुरा आम जनताले बुझेको र जनताको साथ अहिलेको सरकारलाई रहेको विश्वास व्यक्त गर्नुभयो ।
अहिले राजनीतिक वृत्तमा लेखराज भट्टले केपी शर्मा ओलीलाई साथ दिएर गलत गरे भन्ने विषयको हल्ला फैलिएको भन्दै विदेशी शक्तिका पक्षधरहरूको चौतर्फी घेराबन्दी तोडेर राष्ट्रियता दृढ सङ्कल्पका साथ अघि बढ्नु भएका राष्ट्रवादी नेता प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएर आफूले सही काम गरेको मन्त्री भट्टले बताउनु भयो साथै ढिलो चाँडो सबै केपी ओलीकै राष्ट्रवादी अडानका पक्षमा उभिनुपर्ने भट्टले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै राष्ट्रिय युवा सङ्घ नेपालका इन्चार्ज तथा पूर्व मन्त्री महेश बस्नेतले केपी नेतृत्वको सरकाले विकास र समृद्धि ल्याएको दाबी गर्नुभयो ।सुदूरपश्चिमलाई पहिलो प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनु भएका पूर्व मन्त्री बस्नेतले देशका हरेक नागरिकले अझै केपी ओलीको नेतृत्व चाहेको जिकिर गर्नुभयो ।

कार्यत्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक बिकास मन्त्रि गौरिशंकर चौधरीले सरकार जनताका हरेक समस्याको समाधानका लागी लागीरहेको बताउनु भएको छ । उहाँले अहिलेको सरकार बास्तबमै जनताको सरकार भएको बताउनुभयो ।
कार्यक्रममा युवा संघका केन्द्रिय अध्यक्ष बच्चन बहादुर सिंहले युवा संघ निति नियम पद्धतीमा चल्ने संगठन भएकोले युवा साथीहरुमा अनुसासन हुनु आवश्यक भएको बताउदै अनुसासनमा नबस्ने युवाहरु युवा संघलाई आवश्यक नपर्ने बताउनुभयो ।
‘कार्यक्रम सुरु हुनु पूर्व घोडाघोडी नगरपालिका अत्तरिया हुर्दै धनगढीसम्म युवा सङ्घका स्थायी कमिटी सदस्य अरुण कुवरको नेतृत्वमा हजारौको सङ्ख्यामा मोटरसाइकल ¥याली निकालिएको थियो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर