सर्पकाे टाेकाइबाट एक बालकको मृत्यु

बैतडी : बिषालु सर्पकाे टाेकाइबाट  बैतडीमा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका-५ बस्तीका १३ वर्षीय पवन जोशी छन्।

बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार पसलमा बसिरहेका बेला ती बालकलाई  सर्पले डसेको हो।  बिहीबार बेलुका सर्पले डसेका जोशीलाई गाउँमै जडीबुटी सहित उपचार गरेपनि राति नै मृत्यु भएको प्रहरीले जनाएकाे छ।

मृतक स्थानीय कफलाशैनी मावि पूजारीगाउँमा कक्षा ८ मा अध्ययनरत रहेका आफन्तले बताएका छन्।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 4

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर