नेपाल समूहको अल्टिमेटम सक्कियो, बालुवाटारसँग कुरा गर्दै पौडेल

अत्रीदेव खबर /२७ वैशाख
काठमाडौं : एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफ्‍ना माग पूरा गर्न दिएको अल्टिमेटम समाप्त भएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले माग पूरा गर्ने विषयमा कुनै सुनुवाइ नगरेको नेपाल समूहको आरोप छ ।

ओलीका तर्फबाट अहिलेसम्म कुन‌ै जवाफ नआएको नेपाल समूहले जनाएको छ । दोस्रो तहका नेताबीच फोनमा कुराकानी भएको बताइएको छ ।

नेपाल समूहको मागका विषयमा छलफल गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेल बालुवाटार गएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । नेपाल समूहले माग पूरा नभए सामूहिक राजीनामा दिने धम्की दिएको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर