राजिनामाको धम्कीबाट पछि हट्यो माधव पक्ष , संसद बैठकमा भने अनुपस्थित हुने

अत्रिदेव खबर,२७बैशाख
काठमाडौं ः नेकपा एमालेको माधव पक्षको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ ।

नेपाल पक्षका नेताहरुको सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । ‘हामीले प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा अनुपस्थित रहने निर्णय गरेका छौं’, रावलले भने ।
सांसदहरूको बैठकमा राजीनामा दिएर पनि केपी ओलीकै सरकार निरन्तर रहने गरी राजनीति अघि बढ्यो भने के गर्ने ? भन्ने प्रश्न समेत उठेको थियो ।

केही सांसदले राजीनामा दिएर आत्मघाती बाटोमा जानुभन्दा आजको संसद बैठकमा अनुपस्थित रहेर अझै विकल्पहरु बाँकी राख्ने सुझाव दिएको बताइएको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर